logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसः भारतमा फेरि बढ्यो दैनिक थपिने संक्रमित संख्या


अंकुरण खबर
637
Shares

भारतमा केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या निरन्तर घटिरहेको थियो ।

तर, अब फेरि भारतमा कोरोनाभाइरसका दैनिक थपिने कुल संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३८ हजार नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

यही समयमा त्यहाँ मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

यो समयमा भारतमा ९ लाख ३७ हजार कोरोनाभाइरस परीक्षण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ४६ हजार पुगेको छ ।

अनि त्यहाँ कोरोनाभाइरसका कारण एक लाख ३१ हजारले ज्यान गुमाएका छन् ।