बलिउड अभिनेत्री करिश्मा कपूरले २००६ मा व्यवसायी संजय कपूरसँग विवाह गरेकी थिइन्। तर केहि बर्ष पछि संजय र करिश्मा बीच खटपट हुन थाल्यो।
२०१६ मा उनीहरू दुवैले सम्बन्धविच्छेद गरे। त्यस समयमा, करिश्माले संजय र उनको परिवार विरूद्ध धेरै गम्भीर आरोप लगाइन्। करिश्माले भनेकी थिइन संजयले आफ्नी आमालाई गालामा चड्काउन लगाउथे ।
करिश्मा कपूर र संजय कपूरको मुद्दा धेरै दिन अदालतमा चल्यो। यस अवधिमा करिश्माले घरेलु हिंसाको आरोप पनि लगाएकी थिइन्। उनको याचिकामा अभिनेत्रीले भनेकी थिइन कि संजयले उनलाई सताउँथे। सबैजना करिश्माको यो कुरा सुनेर छक्क परेका थिए।
टाइम्स अफ इण्डियाका अनुसार करिश्माले आफ्नो याचिकामा एउटा किस्साको उल्लेख गरेकी थिइन्। सो कुरा करिश्मा गर्भवती भएको समयको हो। त्यससमय संजयले उनलाई एउटा लुगा लगाउन भने। तर उनी त्यसमा फिट थिइनन्। यसै कारण, संजयले उनकी आमालाई करिश्मालाई गालामा थप्पड लगाउन भने।
संजय र करिश्माका दुई सन्तान छन्। उनकी जेठी छोरीको नाम समायरा कपूर हो । उनी १५ बर्षकी छन्। उनका छोरा आन राज कपूर अहिले ११ बर्षको छन। हाल दुबै बच्चाहरू करिश्मासँगै बस्छन्।
करिश्मा कपूरले उनको करियरमा धेरै हिट फिल्महरू दिएकी छन् । ती मध्ये दिल तो पागल है, रिश्ते, बीवी नम्बर वन, जुडवा, हीरो नम्बर वन र राजा बाबु जस्ता फिल्महरूमा मन पराइन्थ्यो।
सन् २०२० मा, करिश्माले वेब सिरिजको दुनियामा प्रवेश गरेकी छन्। यस वर्ष उनको वेब सीरिज मेन्टलहुड रिलीज भएको थियो।