logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यो फिल्ममा दैनिक २ करोड लिदैँ अक्षय कुमार


अंकुरण खबर
1.937K
Shares

अक्षय कुमार बलिउडमा धेरै फिल्म गर्नेमध्ये पर्छन् । कोरोना भाइरसको कारण उनको कामको गति कम भइरहेको छ । उनले भर्खर मात्रै मुदस्सर अजीजकोे कमेडी फिल्ममा हस्ताक्षर गरेका छन् ।

एक सुत्रले बताएअनुसार यस फिल्ममा अक्षयले ५० दिनसम्म सुर्टिङ गर्नेछन् र १ सय करोड रुपैयाँ लिनेछन् । अर्थात अक्षयले दैनिक २ करोड रुपैयाँ लिनेछन् । उनको फि को साथै फिल्म ५० करोड रुपैयाँमा तयार हुने भएको छ ।

१५० करोड रुपैयाँ यो फिल्मको कुल बजेट हुनेछ । यसबाट लगभग ९० करोड रुपैयाँ विभिन्न एजेन्सीलाई र रिलिज हुनु भन्दा पहिलानै दिने छन् ।

अक्षयले पछिल्लो समयमा यहि सुत्र अनुसार काम गरिरहेका छन् र धेरै रुपैयाँ कमाईरहेका छन् । एजेन्सी