logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन १९ सय ५ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

अमेरिकामा एकैदिन एक लाख ६८ हजार ५ सय १८ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको कुल संख्या एक करोड १८ लाख ६८ हजार ६ सय १३ पुगेको छ । त्यस्तै अमेरिकामा एकैदिन १८ सय ९९ जना संक्रमितको ज्यान गएको छ ।

यो आजसम्मकै नयाँ रेकर्ड हो । यसरी अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या दुई लाख ५६ हजार १ सय ९७ पुगेको छ ।

त्यस्तै अमेरिकामा ७१ लाख ५४ हजार ७ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४४ लाख ५७ हजार ६ सय ६९ जना उपचाररत छन् ।