logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै स्विकारेनन् ट्रम्पले हार, फेरि गरे जितको दाबी


अंकुरण खबर
741
Shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार एक पटक फेरि जितको दाबी गरेका छन् ।

उनले तीन नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतिय चुनाव आफूले जितेको बताएका हुन् । साथै उनले अमेरिकी चुनावमा धाँदली भएको आरोप दोहोर्याएका छन् ।

उनले लेखेका छन्, ‘मैले चुनाव जितेँ, सारा देशमा चुनाव धाँदली भयो ।’

यसका साथै न्यूयोर्क टाइम्सको एक ट्वीट अमेरिकाको मानचित्रसँगै ट्याग गरियो, जसमा गत चुनावको तुलनामा यस पटक उनलाई १.०१ करोड धेरै भोट मिल्यो । तर गत हप्ता मुख्य मिडियाले डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले चुनाव जितेको घोषणा गरेका थिए ।