logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्क नलगाउनेलाई कडा कारबाही : जरिवाना स्वरुप २ हजार रूपैयाँ तिर्नुपर्ने


अंकुरण खबर
1.248K
Shares

कोरोना महामारीका बीच मास्क नलगाई सडकमा निस्कने माथि भारतको दिल्लीमा कडा कारबाही हुने भएको छ ।

कोरोना महामारीका कारण जनजीवन संकटमा परेपछि दिल्लीमा मास्क लगाउनै पर्ने नियम लागू गरिएको छ ।

कसैले मास्क नलगाई सार्वजनिक स्थानमा गएको पाइएमा २ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सम्बन्धित व्यक्तिहरूसँगको छलफलपछि यस्तो निर्णय लिएको बताइएको छ ।

यसअघि दिल्लीमा मास्क नलगाउनेमाथि ५ सय रुपैयाँ जरिवाना लगाइने गरिएको थियो । एजेन्सी