दक्षिण अमेरिकी राष्ट्र ग्वाटेमालामा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । संसदबाट पारित भएको बजेटको विरोधमा विपक्षी प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका हुन् ।
आगजनीको समयमा संसद भवन खाली रहेको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति अलेक्जेन्ड्रो जियाम्माटेनीको राजीनामा समेत मागेका छन् ।
सरकार निकट रहेका मानिसका कम्पनीलाई ठुला संरचनाका आयोजना दिने गरी बजेट ल्याइएको विपक्षीको आरोप छ । बजेटमा कोरोनाका कारण आर्थिक क्षेत्रमा परेको प्रभाव न्युनिकरणमा समेत प्राथमिकता नदिएको उनीहरुको भनाइ छ । एजेन्सी