निर्वाचन परिणाम स्वीकार नगरेका अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेरि अर्को धक्का लागेको छ ।
जो बाइडेनको जितविरुद्ध पेन्सिलभेनिया राज्यको अदालत गुहार्न पुगेका ट्रम्पको मुद्दा अदालतले खारेज गरिदिएको हो ।
अदालतले ट्रम्पको निर्वाचन अभियानले हुलाकमार्फत हालिएको लाखौं मत रद्द गर्न माग गर्दै दायर गरेको मुद्दा खारेज गरेको हो । न्यायाधीश म्याथ्यू ब्रानले बाइडेनले ८० हजार भोटले चुनाव जितेको पेन्सिलभेनियामा ट्रम्पले हालेको मुद्दा खारेज गरेका हुन् । न्यायाधीश ब्रान लामो समयदेखि रिपब्लिकन समर्थक रहेको बताइएको छ ।
उता नवनिर्वाचित राष्ट्रपति जो बाइडेन जनवरी २० मा सत्ता सम्हाल्ने तयारीमा जुटेका छन । तर ट्रम्प प्रशासनले राष्ट्रपतिको संक्रमणकालीन प्रकृयामा अझै बाइडेनलाई प्रवेश गराएको छैन । उनले यस अवधिमा पाउनुपर्ने अफिस तथा ब्रिफिङ केही पनि पाएका छैनन् । एजेन्सी