logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो


अंकुरण खबर
793
Shares

विश्वभर कोरोना भाइरस संक्रमणबाटमृत्यु हुनेको संख्या १४ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

त्यस्तै, अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहे पनि अरुको अवस्था सामान्य छ ।

विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ ।