logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय कलाकार विश्वमोहन बडोलाको निधन


अंकुरण खबर
819
Shares

भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ ।

उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर सार्वजनिक गरेका हुन् ।

बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।

पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।