logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ९२ लाखभन्दा बढीमा संक्रमण


अंकुरण खबर
884
Shares

भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

थप ४४ हजार २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९२ लाख २१ हजार ९९८ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ४१ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ७४३ पुगेको छ ।