विश्वव्यापी रुपमा लोकप्रिय बिटिएस सांगीतिक समुह कोरियाली आधुनिक गितको इतिहासमा ग्र्यामी अवार्डको लागि मनोनयनमा पर्ने पहिलो समूह भएको छ ।
बिटिएसको पछिल्लो हिट गित “डायनामाइट” बेस्ट ड्योरग्रुप पर्फमेन्स विधामा मनोनयन भएको छ । यस विधामा लेडी गागा, टेलर स्विफ्ट जस्ता ठुला कलाकारहरु पनि रहेका छन् ।
बिटिएसले यस खुसीलाई एक रियाक्सन भिडियो मार्फत ट्वीटरमा पोष्ट गएका छन् । जब मनोनयन सार्वजनिक गरियो तब उनीहरु खुसीले उफ्रिएका थिए ।
के-पप का विश्लेषक जेफ बिन्जामिनले यस मनोनयन उनीहरुको जीवनको सबैभन्दा ठुलो उपलब्धि रहेको बताएका छन् ।
यसले संगीतको क्षेत्रमा नयाँ शुरुवात गरको छ । डायनामाइट बिटिएसको पहिलो एकल अंग्रेजी गित हो र अगष्टमा रिलिज पछि यसले पहिलो हप्तामा नै बिलबोर्डमा पहिलो स्थान बनाएको थियो ।
यस मनोनयनको समाचारले सामाजिक संजालमा एक प्रकारको उत्साह छाएको छ । बिटिएसका समर्थकहरु निकै खुसी भएको प्रतिक्रियाहरु दिइरहेका छन् ।
बिटिएसले पहिला पनि थुप्रै पटक आफ्नो ग्र्यामी अवार्ड जित्ने ठुलो सपना रहेको बताउदै आएका छन् । यदि उनीहरुले यस अवार्ड आफ्नो नाम गर्न सफल भए भने उनीहरु कोरियाली सांगीतिक क्षेत्रमा ग्र्यामी जित्ने पहिलो दक्षिण कोरियाली ग्रुप हुनेछन् ।