logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन साढे ४४ हजारभन्दा बढी कोरोना संक्रमित थपिए


अंकुरण खबर
1.274K
Shares

भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६९९ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा त्यहाँ ५१८ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा कुल संक्रमित संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ। तीमध्ये एक लाख ३५ हजार २६१ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ अहिलेसम्म ८६ लाख ७७ हजार ९८६ जना संक्रमणमुक्त भएका छन्। अहिले भारतमा सक्रिय संक्रमित चार लाख ५३ हजार ४५० छन्। त्यस्तै आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।