logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यारोडोनाको मृत्यु प्रकरणमा नीजि चिकित्सकको लापरवाहीको आशंका


अंकुरण खबर
1.144K
Shares

अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा निजी चिकित्सकमाथि छानविन थालिएको छ ।

महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर छानविन सुरु गरिएको हो ।

प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकको क्लिनिकमा छापा समेत मारेको छ । लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन । प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन । म्यारोडोनाका छोरीहरुले आफ्ना बुबालाई अन्तिम समयसम्म खुवाइएको औषधी र उपचार विधिमा आशंका व्यक्त गरेसँग चिकित्सकमाथि छानविन थालिएको हो ।

गत बुधबार म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आर्यर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको थियो । केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको थियो ।

तर म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए । शल्यक्रियापश्चत् निवासमा सुधारका लागि आवश्यक सुविधा पर्याप्त नभएको शंका गरिएको छ । एजेन्सी