logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा विश्वमा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.092K
Shares

विश्‍वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ।

विश्‍वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन्। तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन्।

अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्।