logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्प सन् २०२४ मा राष्ट्रपति बन्न योजना बनाउँदै


अंकुरण खबर
676
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी राष्ट्रपति चुनावका लागि योजना बनाउन सुरु गरिरहेका छन् ।

डेली बिस्ट न्युज पोर्टलका अनुसार उनले नव निर्वाचत राष्ट्रपति जो बाइडेनका पद ग्रहण हुने दिनबाट आगामी चुनावका लागी कम्मर कस्ने जनाइएको छ ।

जो बाइडेनले औपचारिक रुपमा जनवरी २० २०२१ मा ह्वाइट हाउस प्रवेश गर्ने बताइएको छ । ट्रम्पले सो दिनबाट आफ्नो प्रचार प्रसारलाई तीव्रता दिन विषयमा आफ्नो सल्लाहकारसित परामर्श गरिरहेको जनाइएको छ ।

अमेरिकामा रहेका ४७ प्रतिशत आवासीहरु आगामी चुनावमा ट्रम्पलाई समर्थन गर्ने विषय सञ्चारमाध्यम हिल न्युजपेपरको सर्वेले देखाएको छ । यसपटकको चुनावमा इलेक्टोरेल भोटका आधारमा राष्ट्रपति चुनावका लागी २७० भोट आवश्यक रहेको थियो । उनले सो भोट प्राप्त गरि विजय हासिल गरेका थिए ।

ट्रम्पले भने चुनावको विषयलाई लिएर विभिन्न आरोप प्रत्यारोप लगाइरहेको छन् । विभिन्न आरोप पश्चात पनि ट्रम्पले भने अन्ततः ह्वाइट हाउस जोड्ने बताइसकेका छन् । जनवरी २० मा बाइडेन औपचारीक रुपमा पद ग्रहण गर्ने छन् । एजेन्सी