logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किम जोङ र उनको परिवारले लगाए चिनियाँ कोरोना खोप


अंकुरण खबर
897
Shares

उत्तर कोरियाली सर्वोच्च नेता र उनको परिवारले कोरोनाविरद्धको खोप लगाएको अमेरिकी विज्ञहरुले दाबी गरेका छन्।

चीनले प्रदान गरेको कोरोना खोप किम, उनका परिवार साथै त्यहाँका उच्च सरकारी अधिकारीहरुले लगाएको जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै वासिंटनस्थित थिंक ट्यांक संस्था नेसनल इन्टरेस्टले जनाएको छ।

उक्त थिंक ट्यांकका उत्तर कोरियाली विज्ञ ह्यारी काजियानिसका अनुसार चीनको कुन कम्पनीको खोप किमले लगाएका छन् भनेर थाहा पाउन सकिएको छैन।

यद्यपी चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये यो खोप भएको र उक्त खोप प्रभावकारी भएको जानकारी दिइएको छ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन्। तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ। तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन।

उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन। तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ। रोयटर्स