logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलिवुड अभिनेता सनी देओललाई कोरोना संक्रमण


अंकुरण खबर
845
Shares

बलिवुड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ ।

सनी देओलले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएका छन् । देओलले आफ्नो स्वास्थ्य ठिक रहेको जानकारी दिदै पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन् ।

सनी देओल करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो काधको सर्जरी गरेर फेरी मनाली फर्किएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

सांसद समेत रहेका देओल कोरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त समेत रहेका थिए । उनी पंजावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् ।