logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक खोप कार्यक्रम सुरु गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन


अंकुरण खबर
897
Shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अधिकारीहरुलाई आगामी साताबाट कोरोना भाइरसविरुद्ध सार्वजनिक खोप कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन् ।

गत महिना रुसी कम्पनीले निर्माण गरेको कोरोना खोप स्पुतनिक भी संक्रमण नियन्त्रणको लागि ९२ प्रतिशत प्रभावकारी रहेको विवरण सार्वजनिक भएको थियो ।

रुसले अबको केही दिनमा २० लाख डोज खोप उत्पादन गर्ने पुटिनले दाबी गरे । उनले सबैभन्दा पहिला शिक्षक र मेडिकल क्षेत्रमा काम गर्ने मानिसहरुले यो खोप पाउने बताए । पुटिनले सहायक प्रधानमन्त्री टाटयना गोलीकोभासँग भने, ‘यो विषयमा सहमति गरौं कि तपाईंले मलाई अर्को साता रिपोर्ट बुझाउनुपर्दैन तर सार्वजनिक खोप कार्यक्रम सुरु गर्नुपर्नेछ । काम पहिला नै गरौं ।’

यसअघि रुसले सुरुमा यो खोप रुसी नागरिकले पाउने र अन्य मुलुकमा पनि आपूर्तिको लागि छलफल भइरहेको बताएको थियो । रुसमा निर्माण भइरहेको खोप रुसका नागरिकहरुलाई पर्याप्त हुने रुसले बताएको अलजाजिराले जनाएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मारास्कोका अनुसार अहिले रुपमा एक लाखभन्दा धेरै मानिसहरुलाई यो खोप दिइसकिएको छ ।