logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६१ वर्षीया हजुरआमाले जन्माइन् आफ्नै नातिनी, तर कसरी ?


अंकुरण खबर
975
Shares

अमेरिकी राज्य नेब्रास्कामा ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन्। उनी आफ्ना समलिंगी छोरा र उनका पतिका लागि सरोगेट बनेकी थिइन्। बालिकाको जन्मपछि परिवारमा खुसीको सीमा छैन।

सेसिल एलेगले आफ्ना छोरा मेथ्यू एलेग र उनका पति एलियट डफर्टीका छोराकी छोरीलाई आफ्नो कोखमा राखिन् र गत साता उमा लुईसलाई जन्म दिइन्। सोसिलका अनुसार उनले सरोगेट बन्ने निर्णय तब लिएकी थिइन्, जब उनका छोरा र एलियटले पहिलो पटक परिवार सुरु गर्ने कुरा गरेका थिए। त्यो बेला उनको उमेर ५९ वर्ष थियो।

पहिले त परिवारले उनको सुझावलाई गम्भीरतापूर्वक नभइ मजाकका रुपमा लिएको थियो। उनका छोराका पति एलियट डफर्टी भन्छन्, ुउनको तर्फबाट आएको यो निकै सुन्दर भाव थियो। उनी एक निःस्वार्थी महिला हुन्।ु

सोसिलको घर नजिकै रहने मैथ्यू र एलियटले आफ्ना बच्चालाई जन्माउनका लागि विकल्पको खोजी गर्न सुरु गरे। डाक्टरले उनीहरुलाई सोसिलको प्रस्ताव एक राम्रो विकल्प हुन सक्ने बताए। डाक्टरले सोसिलसँग कुराकानी गरेर उनका केही टेस्ट समेत गरे। त्यसपछि सरोगेसीको अनुमति प्राप्त भयो।

उनी भन्छिन्, ुम आफ्नो स्वास्थ्यको निकै ख्याल गर्छु। यो कुरामा कुनै शंका थिएन कि म बच्चालाई आफ्नो कोखमा राख्न सक्छु। ‘मैथ्यूले आफ्नो स्पर्म दिए र एलिएटकी बहिनी ली एग डोनर बनिन्। हेयर ड्रेसरका रुपमा काम गर्ने एलियट भन्छन्, ुस्ट्रेट कपल आईवीएफको अन्तिम उपाय मानिन्छ। तर मेरा लागि बायोलोजिकल बच्चाका लागि योमात्रै एक आशा थियो।’

स्कुलमा पढाउने मैथ्यू भन्छन्, ‘हामीलाई थाहा थियो हामी सबैभन्दा फरक हुनु पर्नेछ। यसका लागि केही फरक सोच्नु पर्नेछ।’ सेसिलका अनुसार उनलाई गर्भावस्थामा कुनै जटिलता भएन। यद्यपि उनका आफ्ना तीन बच्चाको समयको भन्दा लक्षण केही धेरै देखा परेको थियो। उनको कोखमा भ्रुण राखेको एक साता भन्दा अघि नै मेथ्यू र एलियट प्रेगनेन्सी टेस्ट गराउन गएका थिए। ताकि भ्रुण सफलतापूर्वक ट्रान्सफर भयो कि भएन निश्चिन्त हुन सकियोस्।

सोसिल हाँस्दै भन्छिन्, ‘मलाई अहिलै टेस्ट नगर भनिएको थियो। तर छोराले प्रतीक्षा गर्न सकिरहेको थिएन।’ सोसिलले टेस्ट गरिन्। तर उनको नतिजा नेगेटिभ आएको थियो। तर जब मैथ्यू आमालाई सम्हाल्नका लागि साँझ गर आए। तब केही यस्तो देखिन्, जुन उनले देख्न पाएकी थिइनन्। टेस्टमा एक अर्को गुलाबी रेखा देखिएको थियो, जसले प्रेगनेन्सीको पुष्टि गरेको थियो।

सोसिलका छोराले हाँस्दै भने, आमा तिम्रो आँखाको ज्योती कम भएछ। उनी भन्छिन्, ‘त्यो निकै खुसीको पल थियो। मैथ्युले भनेको थियो– उनी केही देख्न सक्दिनन्। तर बच्चालाई जरुर जन्म दिन्छिन्।’

उनको प्रेगनेन्सीलाई लिएर अधिकांश प्रतिक्रिया सकारात्मक थियो। तर मानिसहरु हैरान समेत भएका थिए। अमेरिकी राज्य नेब्रास्कामा समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको छ। सन् २०१६ मा सर्वोच्च अदालतको फैसलापछि यस्ता विवाह भइरहेका छन्। तर नेब्रास्कामा लैंगिक भेदभावमा प्रतिबन्ध लगाउने कुनै कानुन छैन।

सोसिलका अनुसार उनले आफ्नो प्रेगनेन्सीमा हुने खर्चका लागि बिमा कम्पनीसँग लड्नुपरेको थियो। उनले आफ्नै बच्चालाई जन्म दिँदा त्यस्तो खर्च बिमा कम्पनीले कभर गरेका थिए। तर यो लडाइँमा उनी असफल भइन्। किनकी कानुनले जन्म दिने महिलालाई नै बच्चाको आमा मान्छ। तर उमाको जन्म प्रमाणपत्रमा सेसिल र उनका छोराको नाम छ। जबकि एलियटको नाम छैन।

मैथ्यु चार वर्षपहिले समेत चर्चामा थिए, जब उनलाई स्कुलको जागिरबाट निकालिएको थियो। किनकी उनले स्कुलको प्रशासनलाई जानकारी दिएका थिए कि उनी र एलियट विवाह गर्ने योजना बनाइरहेका छन्। मैथ्यूमाथि भएको व्यवहारले उनको समुदायमा आक्रोश पैदा गरिदिएको थियो। त्यसपछि एम्प्लोयमेन्ट भेदभावको अन्त्य गर्नुपर्ने माग उठेको थियो। जसलाई १ लाख २ हजार ९९५ जना मानिसले समर्थन गरेका थिए।

सोसिल सामान्यतया कुनै परिवार एलजीबीटीसँग जोडिएका मानिस र परिवार विरुद्ध हुने घृणालाई काउन्टर दिन उनी आफ्नो कथा सेयर गर्छिन् र सन्देश दिन्छिन्, ुकहिँ न कहिँ सधैं आशा हुन्छ।ु उमा जन्मिएको एक सातापछि सोसिलले आफ्नी नातिनी स्वस्थ रहेको बताएकी छन्। बीबीसी हिन्दी