logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाका दुई राज्यमा आजवाट लकडाउन लागू


अंकुरण खबर
585
Shares

अमेरिकाका दुई राज्यमा आजवाट लकडाउन लागू भएको छ । क्यालिफोर्नियामामा तीन हप्ता र सन्फ्रान्सिस्कोमा दुई साताका लागि लकडाउन लागू गरिएको हो ।

कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । क्यालिफोर्नियाका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिएका छन ।

उनले लकडाउनको नियम पालना गर्न सबैमा अपील पनि गरेका छन । मार्चमा गरिएको लकडाउन खुकुलो हुने बितिकै क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या बढेको हो ।

सन्फ्रान्सिस्कोमा पनि दुई साताका लागि लकडाउन घोषणा गरिएको छ । अमेरिकामा केही दिनयता संक्रमण तिब्र रुपमा फैलिएको छ । दैनिक दुई हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भैरहेको छ । एजेन्सी