इटालीमा कोरोना भाइरस (कोभिड–१९) मा परी मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।
इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्र इटालीमा ५६४ जनाको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि इटाली कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो ।
बेलायतमा कोरोनाबाट ६१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म इटालीमा कोरोनाबाट ६० हजार ७८ जनाको मृत्यु भएको छ भने १७ लाख २८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
इटालीमा नोभेम्बरको सुरुआती १५ दिनमा कोरोनाको दोस्रो लहर फैलिन सुरु भएको थियो । यससँगै पछिल्लो समय इटालीका अस्पताल र आईसीयूमा कोरोनाका बिरामीहरुको चाप बढेको छ । रोयटर्स