logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजिप्टमा फोटोशुट गरेकै कारण जानु पर्‍यो जेल, के थियो फोटोमा?


अंकुरण खबर
910
Shares

इजिप्टमा फोटोशुट गरेकै कारण एक मोडल र उनको फोटोग्राफरले जेल सजाय भोग्नु परेको छ ।

मोडलले फोटोहरु सामाजिक संजालमार्फत सार्वजनिक भएपछि इजिप्टमा बहस शुरु भएको छ । इजिप्टको मिडियाले यी मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको हो ।

मिडिल इस्ट आइका अनुसार उनीहरुलाई प्रशासनले सोमवार पक्राउ गरेको थियो । एक दिन हिरासतमा राखेर उनीहरुलाई मंगलवार छाडिएको छ तर उनीहरुको रिहाइ भए पनि बहस भने चर्किएको छ ।

फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्वीरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी छिन् ।

उनका तस्वीरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन् । एजेन्सी

हेर्नुहोस तस्वीर: