logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा क्रिसमसपछि कोरोनाको अर्को लहर फैलने चेतावनी


अंकुरण खबर
650
Shares

अमेरिकाका प्रमुख संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरस संक्रमणका घटनाहरूको अर्को लहर फैलने चेतावनी दिएका छन् ।

उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने बताएका हुन् । अहिले पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका संक्रमण ठूलो समस्या बनिरहेको उनको भनाइ छ ।

जनवरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै फाउचीले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले अमेरिकामा जनवरीको अन्त्यसम्ममा मृत्यु हुनेको संख्या चार लाख पुग्ने बताएका छन् । अमेरिकामा औसतमा दैनिक दुई लाखमा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालहरू बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले जनस्वास्थ्य संकटको चेतावनी दिएका छन । क्यालिफोर्नियामा कडा लकडाउन लागू गरिएको छ ।

अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । २ लाख ८२ हजार पाँच सयको मृत्यु भैसकेको छ । एजेन्सी