logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानको टोकियोमा पहिलो पटक एकैदिन ६ सय सङ्क्रमित


अंकुरण खबर
754
Shares

जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोनाभाइरसबाट छ सयभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन् ।

टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भेटिएका छन् ।

जापानमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ ।

“अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ,” टोकियोका गभर्नर यूरीको कोइकेले भने। उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे।