भारतीय राष्ट्रिय क्रिकेट टीमका कप्तान विराट कोहलीले र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह भएको तीन वर्ष पूरा भएको छ ।
उनीहरुको भेट पहिलोपटक २०१३ मा भएको थियो । उनीहरुको भेट एक स्याम्पू विज्ञापनको क्रममा भएको थियो । त्यसपछि उनीहरुले २०१७ मा विवाह गरेका थिए । उनीहरु जनवरीमा आफ्नो बच्चा जन्माउँदै छन् ।
विराटले सोसल मिडियामा वैवाहिक जीवनको तेश्रो वसन्तको अवसरमा एक फोटो पोस्ट गरेका छन् ।
