logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा बिहीबार एकै दिनमा २९ हजार ३९८ सङ्क्रमित


अंकुरण खबर
1.248K
Shares

भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

जसमध्ये ९२ लाख ९० हजार ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७४९ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् ।

भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३३ औँ दिन हो ।

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१४ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १८६ पुगेको छ ।

भारतको राजधानी समेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ ।

यहाँ गत २४ घण्टामा १५ सय ७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४९७ जनाको नमूना परीक्षण भएको थियो ।