logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए थप २४ हजार कोरोना संक्रमित


अंकुरण खबर
1.391K
Shares

भारतमा कोरोना संक्रमितको संख्या साढे ९९ लाख नाघेको छ ।

पछिल्ला महिना संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ८६१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ५४ हजार ७६९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९४ लाख ८१ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३५७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार ४८७  पुगेको हो ।