logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनुमान गरेरै ट्रम्पको ट्विटर ह्याक, यस्तो राखेका रहेछन् पासवर्ड


अंकुरण खबर
1.248K
Shares

एक युवकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर ह्यान्डल अनुमानकै आधारमा ह्याक गर्न सफल छन्।

बीबीसीका अनुसार नेदरल्यान्ड्सका भिक्टर गिभर्स ट्रम्पको ट्वीटरमा पासवर्ड अनुमान गरेरै प्रवेश गर्न सफल भएका हुन्।

उनले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रिनसटहरू सार्वजनिक गरेका थिए।

उनले अनुमानकै आधारमा ट्रम्पको ट्विटर अकाउण्ट लगइन गर्न सफल भएपनि उनीमाथि कारवाही नहुने बताइएको छ।

ट्वीटर ह्याक गरेपनि नैतिकतापूर्वक काम गरेकाले भिक्टर गेभर्सलाई नेदरल्याण्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूले बताएका छन्।

बीबीसीका अनुसार ट्रम्पको यसपटकको पासवर्ड ‘ ‘mega2020!’ थियो। यद्यपी यसबारे ह्वाइट हाउसले खण्डन गरेको छ।