logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसियाली देशहरुमा कोरोनाविरुद्धको खोप आउन अझै एक वर्ष लाग्न सक्छ : डब्लुएचओ


अंकुरण खबर
1.482K
Shares

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले एसियाली देशहरुमा कोरोना भाइरसविरुद्धको खोप आउन अझै एक वर्ष लाग्न सक्ने जनाएको छ ।

डब्लुएचओका क्षेत्रीय निर्देशक डाक्टर ताकेशी कासाइले एसिया क्षेत्रका देशले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिएको बताएका हुन् ।

उनले कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका तर धेरैजसो देशले अझै पनि सुरु गर्न नसकेको बताएका छन् ।

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेकाले ढिला हुने डब्लुएचओको भनाइ छ । डब्लुएचओले खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ ठाउँमा पुर्‍याउन पनि चुनौतीपुर्ण रहेको जनाएको छ ।‍ एजेन्सी