logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतबाट आउनेलाई १३ यूरोपीय देशले लगाए प्रतिबन्ध


अंकुरण खबर
611
Shares

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । महामारीको खतरा अझैसम्म पनि हटेको छैन ।

बेलायतमा भ्याक्सिनेशन शुरु भएपछि कोरोना भाइरसको नयाँ म्यूटेशन देखा परेको छ । त्यहाँको सरकारले कडा प्रतिबन्ध लगाएको छ ।

लण्डनमा मानिसलाई घरबाट निस्किन प्रतिबन्ध छ । यसैबीच १३ यूरोपीय देशले फ्रान्स, जर्मनी, इटाली, स्विट्जरल्याण्ड, पोर्चुगल, बेल्जियम, अष्ट्रिय, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, रोमानिया, क्रोएशिया र नेदरल्याण्ड्सले बेलायतबाट आउने फ्लाइट्समा प्रतिबन्ध लगाएको एजेन्सी समाचारहरुले जनाएका छन् ।

त्यस्तै क्यानडाले पनि बेलायतबाट आउने फ्लाइट्सलाई ७२ घण्टा प्रतिबन्ध लगाएको छ ।