logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो


अंकुरण खबर
1.235K
Shares

विश्वमा एकैदिन ८ हजार ७ सय ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १७ लाख ८ हजार २ सय १८ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

अमेरिकामा एकैदिन १७ सय २० जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख २६ हजार ६ सय ५१ पुगेको छ ।

त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ३ सय २ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १ सय ४५ पुगेको छ ।