logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वार्षिक बजेट ल्याउन सहमति नजुटेपछि इजरायलमा सरकार ढल्यो


अंकुरण खबर
871
Shares

इजरायलमा सरकारमा सहभागी दलहरुबीच सरकारको वार्षिक बजेट ल्याउन सहमति नजुटेसँगै सरकार ढलेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड र प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लू रह्वाइटका बेन्नीगान्टेजले सरकार विघटन हुनुमा एक अर्कालाई दोष दिएका छन् ।

आफूले पटक पटक निर्वाचन नचाहेपनि अन्य दलका गतिविधिले समस्या समाधान हुन नसकेको प्रधानमन्त्री नेतान्याहूको भनाइ छ ।

संयुक्त सरकारमा रहेका दुई दलले सरकारको वार्षिक बजेट समयमै ल्याउन नसक्दा पुन निर्वाचन हुने भएको हो । मध्यरातमा सरकार विघटन हुनुअघि भएका प्रयासहरु असफल भएसँगै नयाँ निर्वाचनको प्रक्रिया शुरु भएको हो ।

आगामी मार्च २३ मा अर्को चरणको निर्वाचनको मिति तय घोषणा गरिएको छ । इजरायलमा दुई वर्षमा चौथो पटक आम निर्वाचन हुने भएको हो ।

यसअघि भएका दुई वटा निर्वाचनका परिणाम समावेशी नभएपछि राष्ट्रिय एकताको सरकार गठन हुन सकेको थिएन । प्रधानमन्त्री नेतान्याहूमाथि भ्रष्टाचारको आरोपमा मुद्दा चलेपछि सरकार गठन हुन सकेको थिएन । एजेन्सी