logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अफगानिस्तानमा निर्वाचन पर्यवेक्षण निकायका निर्देशकको हत्या


अंकुरण खबर
793
Shares

अफगानिस्तानको निर्वाचन पर्यवेक्षणसम्बन्धी एक राष्ट्रिय स्वतन्त्र निकायका कार्यकारी निर्देशकको हत्या भएको छ।

देशको राजधानी काबुलमा उनलाई बुधबार गोली हानी हत्या गरिएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

निर्वाचन पर्यवेक्षणसम्बन्धी निकायको रूपमा रहेको ‘स्वतन्त्र तथा निश्पक्ष निर्वाचन फाउन्डेसन, अफगानिस्तान (एफईएफए)’का कार्यकारी निर्देशक मोहम्मद युसाफ रशिदको हत्या भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

काबुल प्रहरीका प्रवक्ता फेर्डौस फारामार्जले सिन्ह्वालाई दिएको जानकारीअनुसार हतियारधारीहरूले कार्यकारी निर्देशक रशिदलाई काबुलको चिहिल्स्टुन क्षेत्रमा गोली हानेका थिए।

सवारी साधनमा हिँडिरहेका बेला गोली प्रहार गरेको र त्यति बेला सवारी साधनमा उनीसँगै सवारी चलक पनि थिए। घटनामा परी ती चालक गम्भीर घाइते भएको र अहिले काबुल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ठूलो जनसङ्ख्या रहेको राजधानी काबुलमा लगातार भएको यो घटना पछिल्लो अर्को नराम्रो घटना भएको बताइएको छ।

यसअघि गत मंगलबार मात्रै राजधानी काबुलमा भएको विस्फोटनको घटनामा परी दुई महिला चिकित्सकसहित चार जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए। त्यही दिन एक सैनिक उच्च अधिकारीको पनि गोली हानी हत्या भएको थियो।