logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए २२ हजार कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

भारतमा थप २२ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ३५० जनामा संक्रमण भएको हो । यो सँगै संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ३९ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।