logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको दिल्लीमा पहिलो चालकविहीन रेल सेवा शुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन


अंकुरण खबर
715
Shares

भारतमा पहिलो चालकविहीन रेल सेवा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेट्रोको मेजेन्ट लाइनमा भारतको पहिलो चालकविहीन रेल सेवाको आज उद्घाटन गरेका हुन् ।

चालकरहित रेल जनकपुरी वेष्टबाट बोटानिकल गार्डेनसम्म सञ्चालन हुनेछ । चालकरहित रेल सेवा सन २०२१ को मध्यसम्ममा मजलिस पार्क र शिव बिहारसम्म पुर्‍याउने योजना रहेको छ ।

प्रधानमन्त्री मोदीले रेल सेवाको उद्घाटन गर्दै भारत प्रविधिको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको बताए । दल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि चालकविहिन रेल सेवा शुरु भएकोमा दिल्लीबासीलाई बधाई दिएका छन् ।

यो सेवा गत मे मा नै सुरु गर्ने योजना भएपनि कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो । सन् २०२१ भित्रै भारतले बिहारमा पनि चालकविहीन रेल सेवा सुरुवात गर्ने तयारी गरेको छ । एजेन्सी