logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम बंगालमा टिएमसीका युवा नेताको गोली हानी हत्या


अंकुरण खबर
1.248K
Shares

पश्चिम बंगालमा त्रिणमूल कंग्रेस (टिएमसी)का एक युवा नेताको हत्या भएको छ ।

मोटरसाइकलमा आएका दुई जनाले मंगलबार साँझ टिमएसी नेता धर्मेन्द्र सिंहलाई गोली हानेका थिए । उनलाई पश्चिम बंगालको हावडास्थित रेलवे स्टेशनमा गोली हानिएको थियो ।

घाइते सिंहलाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

प्रहरीले गोली हान्नेहरूको खोजी गरिरहेको जनाएको छ । साथै हत्याको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।

सिंहको हत्या भएपछि उनका समर्थकहरूले आक्रोश पोखेका छन् । उनीहरूले केही मोटरसाइकलमा आगो लगाएका छन् भने पसलहरूमा तोडफोडसमेत गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको एनडिटिभीले जनाएको छ । टिएमसीका नेता अरूप रायले उनको हत्याका पछाडि ठूलो षड्यन्त्र रहेको बताए ।

‘धर्मेन्द्र सिंहको टाउकोमा गोली हानेर हत्या गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्याका पछाडि ठूलो षड्यन्त्र रहेको लाग्छ,’उनले भने ।

धर्मेन्द्रको हत्या हुनुमा विपक्षी भारतीय जनता पार्टीको षडयन्त्र हुन सक्ने उनले बताए । एजेन्सी