logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा नयाँ प्रजातिको कोरोनाका ५ जना सङ्क्रमित भेटिए


अंकुरण खबर
2.717K
Shares

भारतमा कोभिड-१९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ ।

योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

कोभिड-१९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो ।

यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन। उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ।