अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई संसदले अस्वीकार गरेको छ ।
राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढोत्तरीसम्बन्धी विधेयकलाई आफ्नै पार्टीका सांसदहरुले समेत विपक्षमा मतदान गरेका छन् ।
अमेरिकी संसदको तल्लो सदनका राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रपति ट्रम्पको कार्यकालको अन्त्यतिर आफ्नो भिटो अधिकारलाई संसदले अस्वीकृत गरेको हो ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानुन बनिसकेका छन् । राष्ट्रपति ट्रम्पले संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पको पदावधि यही जनवरी २० मा समाप्त हुँदैछ ।
उनलाई नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले पदस्थापन गर्ने छन् । एजेन्सी