logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या, पूजारी नै मुख्य आरोपित


अंकुरण खबर
1.586K
Shares

उत्तर प्रदेशको उघैतीमा ५० वर्षीय महिलाको सामूहिक बलात्कार पछि हत्या भएको छ।

गत आइतवार साँझ मन्दिर गएकी ती महिलाविरुद्ध मन्दिरका पूजारी र उनका साथीहरूले यौन दुर्व्यवहार गरेको आरोप छ।

बीबीसीका अनुसार प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ। मुख्य अभियुक्त पूजारी सत्यनारायण भने फरार छन्।

महिलाका पतिका अनुसार उनलाई आइतवार राती ११ बजे मन्दिरका पूजारीले गम्भीर अवस्थामा घर लिएर आएका थिए। उनको शरीरबाट रगत बगिरहेको थियो। उच्च रक्तश्रावपछि उनको निधन भयो। त्यस समय पूजारी सत्यनारायणसँग उनका साथी वेदराम र चालक जसपाल पनि थिए।

घटनाबारे बताउँदा सुरुवातमा प्रहरीले उजुरी दर्ता नगरेको समेत आरोप छ। मंगलवार पोस्टमोर्टम रिपोर्टले सामूहिक बलात्कार पुष्टि गरेपछि भने उजुरी दर्ता गरिएको हो।

बदायूं जिल्लाका प्रहरी अधीक्षक संकल्प शर्माले बीबीसीसँग भनेका छन्,’महिलालाई संकास्पद् परिस्थितिबिच मारिएको छ। अनुसन्धानलाई प्रभाव पार्ने प्रहरी अधिकारीविरुद्ध कारवाही गर्छौं।‘

उनका अनुसार परिवारको किटानी र पोस्टमोर्टम रिपोर्टको आधारमा इन्डियन पेनल कोड (आइपीसी)को धारा ३०२ र ३७६ अन्तर्गत उजुरी दर्ता गरिएको थियो।