logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर कोरियाद्वारा सैन्य क्षमता बढाउने घोषणा


अंकुरण खबर
780
Shares

उत्तर कोरियाले सैन्य क्षमता बढाउने घोषणा गरेको छ । आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपिरहेको उत्तर कोरियाका नेता किम जोङ उनले सैन्य क्षमता बढाउने बताएका हुन् ।

शासन सत्ता सम्हालेको दश बर्ष पूरा गरेका अबसरमा आयोजित आठौं कंग्रेसलाई सम्बोधन गर्दै उनले राज्यको सुरक्षा क्षमता उच्च स्तरमा पुर्‍याउने र यसलाई साकार गर्ने लक्ष्य रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय प्रतिबन्धकाबीच देखिएको कोरोना संक्रमण महामारी समेत थपिदा उत्तर कोरियाले चरम आर्थिक संकट खेपिरहेको छ । मुलुकले आर्थिक विकासको लक्ष्य हासिल गर्न असफल भएको पनि किमले स्वीकार गरेका छन् ।

उनले आम मानिसको जीवनस्तर उकास्नका लागि आवश्यक नीतिबारे समेत छलफल गरेको प्योङयाङको सरकारी समाचारसंस्था केसीएनएले जनाएको छ । एजेन्सी