logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले दियो डब्लुएचओलाई आफ्नो देशमा अनुसन्धान गर्न अनुमति


अंकुरण खबर
1.495K
Shares

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’का अनुसन्धानकर्ताहरुलाई आफ्नो देशमा अनुसन्धानको अनुमति दिन चीन तयार भएको छ ।

डब्लुएचओका अनुसन्धानकर्तालाई प्रवेश अनुमति नदिएको चीनले अहिले स्वीकृति प्रदान गरेको हो । चीनको वुहान शहरबाट कोरोना भाइरस उत्पत्ति भएको विश्वास गरिएको छ । त्यस विषयमा डब्लुएचओले अध्ययन गर्न चाहेपनि चीनले विज्ञलाई सो क्षेत्रमा जान दिएको थिएन ।

चीनको स्वीकृतिसँगै केही दिनमै डब्लुएचओका अनुसन्धानकर्ता चीन जाने भएका छन् । चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले डब्लुएचओको टोलीलाई आफ्नो देशले स्वागत गर्ने बताएका हुन् ।

अनुसन्धानका विषयमा डब्लुएचओको कार्यक्रम र कार्य सूची हेरेर उनीहरुसँगै चिनियाँ अनुसन्धान अधिकारीहरु पनि वुहान जाने बताइएको छ ।

गत वर्ष डिसेम्बर अन्त्यमा चीनको वुहान सहरबाट कोरोना संक्रमण शुरु भएको मानिएको छ । तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लुएचओका वैज्ञानिक अनुसन्धानमा जुटेका हुन् । एजेन्सी