logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कंगोको प्रशिद्ध राष्ट्रिय निकुञ्जमा एम्बुस आक्रमण, ६ रेन्जरको हत्या


अंकुरण खबर
754
Shares

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा ६ रेन्जरको हत्या भएको छ।

प्रशिद्ध विरुङ्गा राष्ट्रिय निकुञ्जमा भएको आक्रमणमा ६ रेन्जरको हत्या भएको हो। कंगोको पूर्वी क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्जमा बिद्रोही समूहले आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन्।

मिया–मिया नाम गरेको बिद्रोही समूहले आक्रमण रहेको जनाइएको छ। राष्ट्रिय निकुञ्जमा पैदल गस्तीमा खटिएका बेला रेन्जरहरु एम्बुसमा परेका हुन् ।

विरुङ्गा राष्ट्रिय निकुञ्ज दूर्लभ माउन्टेन गुरिल्लाको बासस्थानका रुपमा परिचित छ । सो राष्ट्रिय निकुञ्जका कर्मचारीमाथि तस्कर तथा बिद्रोही समूहले आक्रमण गर्ने गरेका छन् ।

गएको अप्रिलमा बिद्रोहीले एम्बुस आक्रमण गरि १३ रेन्जरको हत्या गरेका थिए । विश्व सम्पदा सूचिमा रहेको विरुङ्गा राष्ट्रिय निकुञ्ज रहेको पूर्वी कंगो क्षेत्रमा विभिन्न बिद्रोही समूहले सैन्य गतिविधि गर्दै आएका छन् ।

आइतबार बिहान अकश्मात आक्रमण भएकाले रेन्जरहरुको ज्यान गएको राष्ट्रिय निकुञ्जले जनाएको छ । एजेन्सी