logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अमेरिकी संसदमा आक्रमणका लागि उक्साउने अभिव्यक्तिको ट्रम्पद्वारा बचाउ


अंकुरण खबर
923
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खालको केही भाग अवलोकनका लागि टेक्सास जाने क्रममा पत्रकारसँग कुरा गर्दै उनले अघिल्लो बुधबार आफूले गरेको सम्बोधन पूर्णरुपमा जायज र उचित रहेको बताएका हुन् ।

समर्थकलाई संसद भवनमा प्रवेश गरी चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले त्यसको बचाउ गरेका हुन् । क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् ।

नोभेम्बर तीनमा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका हुन् । संसद भवनमा भएको हिंसामा प्रहरी सहित पाँच जनाको मृत्यु भएको थियो ।

संसद भवनमा विद्रोहका लागि उक्साएको अभियोगमा डेमोक्रेटिकहरुले पेश गरेको महाभियोग प्रस्तावलाई ट्रम्पले हाँस्यास्पद भन्दै खारेज गरेका छन् । ट्रम्प जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । उनको ठाँउ नवनिर्वाचित राष्ट्रपति जो बाइडनले लिनेछन् । एजेन्सी