logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा हिमपातमा परेर १३ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

जापानको समुद्री तटीय क्षेत्रमा भएको हिमपातमा परेर १३ जनाको मृत्यु भएको छ ।

जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार भारी मात्रामा भएको हिमपातको घटनामा परेर २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

फुकुईमा तीन जना बृद्धको मृत्यु भएको छ । सोही क्षेत्रमा हिउँसँग सम्बन्धित दुर्घटनमा ४७ जना घाइते भएका छन । नीगातामा हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ ।

हिमपातका कारण सडक यातायात पनि प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार दुई सय भन्दा बढी सवारीसाधन अलपत्र परेको बताइएको छ । हिमपातले प्रभावित क्षेत्रमा उद्धार राहतको लागि सेना परिचालन गरिएको छ ।

जापानको मौसम विभागले प्रशान्त महासागरतर्फको जापानको पूर्वी क्षेत्रका किन्की, टोकाई र शिकोकु क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । सो क्षेत्रमा वीस सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ । एजेन्सी