फ्रान्समा कोरोना संक्रमण तीव्र भएपछि रात्रिकालीन कर्फ्यूलाई अझ कडा पारिएको छ ।
घटकोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि शनिबारदेखि साँझ छ बजेबाट नै कर्फ्यू लगाइने घोषणा गरिएको हो ।
यसअघि राति आठ बजेदेखि विहान छ बजेसम्म कर्फ्यू कायम गरिएको थियो । फ्रान्सका प्रधानमन्त्री जिन क्यासटेक्सले आगामी १५ दिनसम्मका लागि कर्फ्यू थपको घोषणा गरेका हुन् । फ्रान्समा डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू लगाइँदै आएको छ ।
इयु बाहिरका मुलुकबाट फ्रान्स प्रवेश गर्न कोरोना संक्रमण नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने नियम छ । फ्रान्स प्रवेश गरिसकेपछि उनीहरुले सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम पनि लागू गरिएको छ । एजेन्सी