logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनको शपथ कार्यक्रमलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा व्यवस्था कडा पारियो


अंकुरण खबर
689
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिने क्रममा हिंसा भडकिने सम्भावनालाई मध्यनजर गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पचासवटै राज्यमा डोनाल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतकर्ता बढाइएको हो ।

जनवरी छ मा बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला राष्ट्रपति ट्रम्पका समर्थकले गरेको हिंस्रक आक्रमण गरेका थिए । पुनः त्यस्तै घटना नदोहोरियोस भनेर राजधानी वासिङटन डिसीमा नेशनल गार्ड परिचालन गरिएको छ ।

प्रहरीले बासिङटनबाट एकजना हतियारधारीलाई पक्राउ समेत गरेको छ । मेरिल्याण्ड, न्यू मेक्सिको लगायतका राज्यमा सम्भावित प्रदर्शनलाई ध्यानमा राखी आपतकाल घोषणा गरिएको छ ।

केही राज्यका राजधानी सपथ समारोह नसक्दासम्मका लागि बन्द गरिएका छन् । बाइडेनको टिमले शपथ ग्रहण समारोहका लागि बासिङटन नआउन आग्रह गरेको छ । अमेरिकी संघीय अनुसन्धान ब्यूरो ‘एफबीआई’ले हतियारधारी ट्रम्प समर्थकले सबै राज्यमा प्रदर्शन गर्नसक्ने चेतावनी यसअघि नै दिइसकेको छ ।

ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा हिंसात्मक प्रदर्शनको तयारी गरेको ‘एफबीआई’ले जनाएको छ । बाइडनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदैछन् ।

ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताएका छन् । उनले आफ्ना लागि रेडकार्पेट तथा २१ तोपको सलामीसहितको बिदाई कार्यक्रमको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी