logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियाको माउन्ट सेमरुमा ज्वालामुखी विस्फोट


अंकुरण खबर
3.809K
Shares

इन्डोनेसियाको माउन्ट सेमरुमा ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखीबाट निस्किएको खरानी तथा धुवाँ ५ दशमलब ६ किलोमिटर परसम्म पुगेको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा माउन्ट सेमरुमा ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोटपछि जाभा आइल्याण्डको आकाशमा खरानी तथा धुवाँ फैलिएको छ । ज्वालामुखीका कारण कोही घाइते भएको वा कसैको ज्यान गएको विवरण प्राप्त नभएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय विपद न्यूनिकरण निकायले पहाडको भिरालो क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । ज्वालामुखी विस्फोट भएको माउन्ट सेमरु आसपास क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित स्थानमा जान आग्रह पनि गरिएको छैन ।

इन्डोनेसियाको सुलावेसी टापुमा भुकम्प गएको दुई दिनपछि ज्वालामुखी बिस्फोट भएको हो । इण्डोनेसियामा बेला बेलामा भुकम्प र ज्वालामुखि विस्फोटका घटना भैरहन्छन् । इन्डोनेसियाभर १ सय २० भन्दा बढी सक्रिय ज्वालामुखीहरुको समूह रहेको भुगर्भविदहरुले बताउँदै आएका छन् । एजेन्सी