logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसी विपक्षी नेता नाभाल्नी स्वदेश फर्किएको केही समयमै पक्राउ


अंकुरण खबर
845
Shares

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई स्वदेश फर्के लगत्तै पक्राउ गरिएको छ ।

जर्मनीबाट मस्को फर्किएको केही समयमा उनलाई हिरासतमा लिइएको हो । रुसी सरकारका आलोचक चौवालिस वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको हो ।

उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो । विपक्षी नेता पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नाभाल्नीको पक्राउलाई ’अस्वीकार्य’ भनेका छन् ।

गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नाभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो । उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन् ।

तर क्रेमलीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । नाभाल्नी अगष्ट २० मा रुसको साइबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भिर विरामी भएका थिए । एजेन्सी