logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले लगायो अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओसहित ट्रम्प प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्ध


अंकुरण खबर
780
Shares

अमेरिकाको सत्तामा जो बाइडेन आए लगत्तै चीनले डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

चीनले ट्रम्प प्रशासनमा विदेश मन्त्री रहेका माइक पोम्पेओसहित सो प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

चीनविरुद्ध पूर्वाग्रह र घृणा फैलाएको आरोप लगाउँदै चीनले पोम्पेओसहितका ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

बिहीबार बिहानै सार्वजनिक गरिएको वक्तव्यमा चीनको विदेश मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीलाई ‘चीन विरोधी राजनीतिज्ञ’ भनेको छ । उनीहरुले अमेरिका र चीनबिचको सम्बन्धलाई कमजोर पार्ने प्रयास गरेको पनि वक्तव्यमा उल्लेख भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प प्रशासनमा अमेरिका–चीन सम्बन्ध खराब रह्यो । सो बिग्रिएको सम्बन्ध सुधारको जिम्मा बाइडेन प्रशासनलाई छ । बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका हुन् ।